राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता कोरोना कोषमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा प्रदान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक काेराेना काेषमा प्रदान गरेकी हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रतिक्रिया