सरकारविरुद्ध जुलुस निकाल्ने विप्लवकाे घाेषणा

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने घाेषणा गरेकाे छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै नेकपा विप्लवले संघर्षका कार्यक्रमहरू समेत सार्वजनिक गरेकाे छ ।

सरकारले कोरोनाको परीक्षण तथा उपचार खर्च नागरिक स्वयमलाई व्यहाेर्नु भनेपछि विप्लवले संघर्षका कार्यक्रमहरू घाेषणा गरेकाे हाे । जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहाेस् विज्ञप्ति :

प्रतिक्रिया