मंसिर १३ गते उद्योग वाणिज्य महासंघको निर्वाचन , कुन पदको मतदानस्थल कहाँ ? सूचीसहित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको कार्यतालिका प्रकाशित भएको छ । आगामी मंसिर ११ र १२ गते साधारणसभाको अनुमति पाएको महासंघले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिले निकालेको सूचना अनुसार मंसिर ४ गते साँझ ५ बजेसम्म उम्मेद्वारले मनोनयन दाखिला गरिसक्नुपर्ने छ ।
मंसिर २ गते नै मतदान गर्न पाउने सदस्यहरुको नाम सार्वजनिक हुनेछ । मंसिर ३ गते दिउँसो २ बजेसम्म मतदान गर्न पाउने सदस्यहरु विरुद्द उजुरी दिने समय तोकिएको छ । सोही दिन साँझ ६ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ ।

मंसिर ४ गते साँझ ६ बजे उम्मेद्वारको पहिलो नामावली प्रकाशन हुनेछ । मंसिर ५ गते बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म उम्मेद्वारको विरुद्दमा दाबी विरोध गर्न पाईने छ । उम्मेद्वारहरुको अन्तिम नामावली भने मंसिर ८ गते साँझ ५ बजे प्रकाशित हुनेछ ।मतदान भने मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको छ ।

उपाध्यक्षहरुको निर्वाचन कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ । अरु कार्यकारिणी सदस्यहरुको निर्वाचनका लागि भने महासंघको भवन टेकुलाई नै मतदान स्थल तोकिएको छ ।

जिल्ला नगरस्तरीय र बस्तुगत संघले मुख्य प्रतिनिधिसहित २ जना र उम्मेद्वार खडा गर्ने जिल्ला नगरस्तरीय उद्योग वाणिज्य संघ र बस्तुगत संघले उम्मेदरवारसहित ३ जना प्रतिनिधि पठाउन सक्ने छन् ।

प्रतिक्रिया