राष्ट्रपति भण्डारीले आज रानीपोखरीको उद्घाटन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्दैछिन् । रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको उद्घाटन गर्न लागेकी हुन् ।

राष्ट्रपतिले बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो ।

तर, फेरि रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।

प्रतिक्रिया