वीपी प्रतिष्ठानमा धरानका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं ।वीपी प्रतिष्ठान धरानमा थप एक जनाको मृत्यु भएको छ । धरान –१६ सुनसरीका ७० वर्षीय पुरुषको आज दिउँसो ४ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

असोज ३० गते अस्पताल भर्ना भएका ती पुरुषमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा दीर्घरोग उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया