जसपाको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई

काठमाडाैं । जनता सामाजवादी पार्टी (जसपा) ले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेकाे छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले साे निर्णय गरेकाे पार्टीका एक नेताले बताए ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन् ।

यसअघि पार्टी एकीकरण हुनुअघि भट्टराई समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष थिए । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरण हुँदा पनि उनलाई अध्यक्ष बनाउने चर्चा थियो । तर एकतापछि उनी जसपाको वरिष्ठ नेता मात्र थिए । अहिले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएकाे हाे ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठक अहिले पनि जारी छ । सो बैठकमा भट्टराईसहित राजपामा अध्यक्ष रहेका राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झालगायतको कार्यविभाजनबारे पनि छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया