दशैंकाे मुखमा काठमाडौं प्रशासनकाे यस्ताे आग्रह

काठमाडाैं । अत्यावश्यक नभई घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै काेराेना संक्रमण बढ्न सक्ने भन्दै जाेखिम न्युनिकरणका लागि साे आग्रह गरेकाे हाे ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा चाडबाडका बेला आवतजावत र भिडभाड हुने भन्दै अतिआवश्यक परेमा घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न आग्रह समेत गरिएकाे छ ।

प्रतिक्रिया