मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अजरबैजान विरूद्धको युद्धमा ७०० भन्दा बढी आर्मेनिया सैनिक मारिए

एजेन्सी । अजरबैजान विरुद्धको जारी युद्धमा आर्मीनियाका सैनिकहरुको मृत्यु संख्या लगातार बढिरहेको छ । सोमबार आर्मीनियाका सेनाले मृतक लिष्टमा १९ सैनिकको नाम जोडेका थिए ।

उक्त युद्धमा आर्मीनियाको तर्फबाट ज्यान गुमाउने सैनिकको संख्या बढेर ७२९ पुगेको छ । आर्मीनियाको रक्षा मन्त्रालयले यसअघि उक्त आँकडा अधुरो हुन सक्ने पनि बताएको थियो । लगातार जारी लडाईँमा ज्यान गुमाउनेको आँकडा ढिलो प्राप्त हुन सक्ने पनि बताइएको छ ।

यद्यपी अर्कोतिर, अजरबैजानले कुनै किसिमको हानीनोक्सानीको विवरण दिइरहेको छैन । राष्ट्रपति इल्हाम एलिएभले एक अन्तर्वातामा भनेका थिए कि युद्धपछि जानकारी सार्वजनिक गरिनेछ । अर्कोतर्फ, अजरबैजान अभियोजकको कार्यालयले सोमबार अगाडाम क्षेत्रमा मोर्चामा गोलीबारीका कारण चार जना घाइते भएकाे बताएकाे छ ।

इरानले यदि क्षेप्यास्त्र वा तोपका गोलाहरू कराबखबाट इरानको भूमिमा आयो भने त्यसले यसको जवाफ दिने चेतावनी दिएकाे छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेले भने, ‘इरानको माटोमा कुनै पनि हमला अन्जानमै गरिएको भए पनि इरानले उचित जवाफ दिनेछ ।’

प्रतिकृयाहरु
Loading...