यी सात वर्गका नागरिकले पाउनेछन् निःशुल्क परीक्षण र उपचार [पत्रसहित]

काठमाडौं । सरकारले कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्नुपर्ने वर्ग र समूह निर्धारण गरेको छ । अब सरकारले निर्धारण गरेको सात वर्गभित्रै पर्ने नागरिकले मात्रै निःशुल्क परीक्षण र उपचार पाउनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले विभिन्न सात वर्गका व्यक्तिका लागि कोरोना परीक्षण र जाँच निःशुल्क गर्ने व्यवस्था गरेको हो । कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरु बारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको छ ।

अब विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका, ७० वर्षमाथिका जेष्ठ नागरिकले कोरोनाको निस्शुल्क परीक्षण तथा उपचार सरकारबाट पाउनेछन् । यस्तै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी र सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना जाँच र उपचार हुनेछ ।

निःशुल्क कोरोना जाँच र उपचारका लागि सम्बन्धित कार्यालयको परिचय पत्र वा सिफारिस पेश गर्नुपर्नेछ । लक्षित वर्गहरूले सेवा लिएको प्रमाणको अभिलेख सम्बन्धित अस्पतालले राख्नुपर्नेछ ।

हेर्नुहोस् पत्रको पूर्णपाठ :-

प्रतिक्रिया