आजको मौसमः यी प्रदेशमा हुनेछ बदली

काठमाडौं । अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

कार्तिक ०४ गते (मंगलबार):
दिउँसो : प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक ०५ गते (बुधबार):
दिउँसो : प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक ०६ गते (बिहिबार):
दिउँसो : प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।

राती : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया