ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीलाई ल्याण्डमार्क होटलमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.का उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात ल्याण्डमार्क होटल रिसोर्टको काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्युआर कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

प्रतिक्रिया