भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

सोमबार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्री नेम्वाङले कोरोनाका लक्षण देखापरेपछि परीक्षणका लागि स्वाब दिएका थिए ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया