उपत्यकामा २, ३८८ सहित थप ३, ७९० संक्रमित थपिए, १८ काे मृत्यु, २, ३३५ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० संक्रमित थपिएका छन् । १५ हजार ७१४ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा ३ हजार ७९० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमितमध्ये २, ३८८ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

क्वारेन्टिनमा ४ हजार ४७० जना रहेका छन् । ४० हजार ७७८ सक्रिय संक्रमितको उपचार भइरहेको छ । यस्तै आज थप १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७५७ पुगेको छ ।

प्रतिक्रिया