सट्टेबाजी खेल्ने र खेलाउने तीन जना पक्राउ

विराटनगर । सट्टेबाजी खेल्ने र खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भातरको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाद्वारा युएइमा आयोजना भइरहेको आइपिएल क्रिकेट खेलमा अनलाइन मार्फत् सट्टटेबाजी खेल्ने र खेलाउनेलाई आइतबार १२ बजे राति प्रहरीले पक्राउ गरेको हो ।

विराटनगर १६ भट्टीमोडका ३७ वर्षिय पुरुषोत्तम साहले मोबाइल मार्फत् आइपिएल खेल हार्ने वा जित्ने भन्दै खेलाइरहेको अवस्थामा उनको घरैबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार सट्टेबाजी खेल्ने विराटनगर १६ का ३५ वर्षिय मञ्जित साह, विराटनगर १५ का २८ वर्षिय अपजर अलीलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

उनीहरुको साथबाट नेपाली नगद रु २८ हजार ५ सय, ३ थान मोबाइल, ३ वटा डायरी र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया