बजार मूल्यभन्दा १०० रुपैयाँ सस्तोमा खसीबोका बिक्री गर्दै सरकार, स्वस्थ कसरी छान्ने ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दशैंका लागि खसीबोका बिक्री शुरु गरेको छ । कम्पनीले बिक्री गर्ने खसीबोकाको मूल्य बजार मूल्यभन्दा प्रतिकिलो १ सय रुपैयाँ सस्तो पर्नेछ ।

कम्पनीले प्रत्येक वर्षको दशैंमा उपभोक्तालाई सुपथ मूल्यमा खसीबोका बिक्री गर्दै गरिरहेकोमा यस वर्षका लागि आजबाट खसीबोका बिक्री शुरु गरको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदी आजबाट कम्पनीको थापाथली कार्यालयबाट खसीबोका बिक्री शुरु  भएको बताए । कम्पनीले पोहोरको मूल्यमा नै खसीबोका बिक्री गरेको उनले बताए ।

उनले भने ‘ कम्पनीले आजबाट जिउँदो खसीबोका प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री शुरु गरको छ । बजार मूल्यभन्दा प्रतिकेजी १ सयदेखि १ सय ५० रुपैयाँसम्म सस्तो छ । यसलो उपभोक्तालाई राहत मिल्ने छ ।’

निजी क्षेत्रले भने जिउँदो खसीबोका प्रतिकिलो ६ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । कम्पनीले निजी क्षेत्रकोभन्दा प्रतिकिलो १ सय ५० रुपैयाँ सस्तोमा खसीबोका बिक्री गर्दा उपभोक्ताले राहत मिलेको छ ।

हेटौंडाबाट प्रतिकिलो ५ सय ३५ देखि ५ सय ५० रुपैयाँमा र दाङको तुल्सीपुरबाट ५ सयदेखि ५ सय ८० रुपैयाँमा खरिद गरेर ल्याएको खसीबोका कम्पनीले प्रतिकेजी ५ सय ५० रुपियाँ बिक्री शुरु गरेको हो । कम्पनीले मंगलबारसम्ममा १ हजार खसीबोका ल्याउने छ ।

यस वर्ष कम्पनीले भेडा र च्याङ्ग्रा खरिद गरेर बिक्री नगर्ने भएको छ ।

कसरी छान्ने स्वस्थ खसीबोका ?

नाकबाट सिंगान नबगेको, मुखबाट र्‍याल नझारेको, खुट्टाहरु नसुन्निएको, भुँडी नढाडिएको, सामान्य रुपमा दिशा पिसाब गर्ने गरेको, राम्रोसंग घाँस–पात पिठो खाने, बाहिरबाट हेर्दा टाठो देखिने, उभिएको छ र फूर्तिकासाथ हिँड्डुल गर्न सक्ने्, आँखाबाट कचेरा ननिस्कीएको,सकभर दूब्लो दूब्लो खसीको मासु स्वास्थकर हुने पशु विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया