निर्माण व्यवसायीसँग आर्थिक लेनदेन गरेको कुरा असत्य !

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियरीङ शाखाका मदन कुमार शाहले आफुले प्रतिष्ठानका एक पदाधिकारीलाई निर्माण व्यवसायीबाट कमिसन खाएको असावधानीबस बताएको बताएका छन् ।

असोज १० गते मकालु खबरसँग प्रतिष्ठानका बर्तमान शिक्षाध्यक्ष तत्कालिन कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनालले कोरोना हस्पिटल निर्माण गर्ने क्रममा केही निर्माण व्यवसायीबाट आर्थिक लेनदेन गरेको भन्ने भनाई असावधानीवस अवस्थामा आएकोले त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।

मकालु खबरलाई एक पत्र पठाउँदै इन्जिनियर शाहले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सम्मानीत चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धान गर्ने गरिमामय संस्था भएको र त्यसप्रति लक्षित विषयले आफ्नो र संस्थाको गरिमामाथि नै आँच आएकोले प्रकाशित अभिब्यक्तिमा सत्यता नरहेको जिकिर गरेका छन् ।

‘प्रकाशित अभिव्यक्ति असावधानीबस, अर्कै प्रसंगमा अर्काे बुझिएकाे कारणले प्रतिष्ठानका बर्तमान शिक्षाध्यक्ष डा. गुरुप्रसाद खनाल कार्यवाहक उपकुलपति हुँदा प्रतिष्ठानको कोभिड–१९ अस्पताल निर्माणमा केही निर्माण व्यवसायीसँग आर्थिक लेनदेन गरेको भन्ने मेरो भनाई उदृत भई प्रकाशित अर्कै प्रसंङ्ग जाेडिएकाे हुनाले प्रकाशित अभिव्यक्तिमा सत्यता नरहेको प्रष्ट्याउन चाहन्छु ।’ उनले भनेका छन् ।

*सच्याइएकाे

प्रतिक्रिया