मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका एक पुरूषकाे मृत्यु

काठमाडाैं । सिनामङ्गलमा रहेको काठमाडाैं मेडिकल कलेजकाे तेस्राे तलाबाट हाम्फालेका एक जना पुरूषकाे मृत्यु भएकाे छ ।

२६ वर्षीय युवा राेशन खड्का आइतबार साँझ अस्पताल भर्ना भएका थिए । उनले साेमबार बिहान अस्पतालकाे तेस्राे तलाबाट हाम्फालेका थिए । मानसिक सन्तुलन ठिक नभएका ती युवककाे उपचारका क्रममा आजै मृत्यु भएकाे हाे ।

बानेश्वरमा बस्ने उनी साेलुखुम्बुका स्थायी बासिन्दा हुन् । आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका उनलाई आगोले हातखुट्टा पोलेपछि उपचारका लागि केएमसी ल्याइएको थियो । कुरुवा बसेकी आमा औषधी किन्न गएका बेला उनी झ्यालबाट हाम्फालेका हुन् ।

प्रतिकृयाहरु
Loading...