वेस्टह्यामको शानदार कमब्याक, टोटनह्यामलाई बराबरीमा रोक्यो

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम वेस्टह्यामसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा टोटनह्याम र वेस्टह्याम ३-३ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको पहिलो हाफमा ह्यारी केनको २ गोल र सन हेंग मिनको एक गोलको मद्दतले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन नसक्दा अंक बाढन बाध्य भएको थियो । वेस्टह्यामका लागि खेलको ८२औ मिनेटमा फाबियन बलबुएनाले पहिलो गोल गरेका थिए ।

त्यसपछि ८५औ मिएंतमा टोटनह्यामका डाभीनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ भएको थियो । त्यसपछि खेलको ९४औ मिनेटमा मान्युएल लानजिनीले डी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल ३-३ गोलको बराबरीमा टुंगिएको थियो ।

यो खेलपछि टोटनह्यामको ५ खेलमा २ जित २ बराबरी र एक हारसहित ८ अंक भएको छ भने वेस्टह्यामको ७ अंक रहेको छ ।

प्रतिक्रिया