विश्वमा संक्रमितको संख्या ४ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड नाघेको छ भने ११ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड २ लाख ६८ जार ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख १८ हजार २९४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड १ लाख ११ हजार ७४८ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २४ हजार ७३० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८३ लाख ८७ हजार ७९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४४ हजार ९४१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ४४८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४२ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५७८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ५५ हजार ५११ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७५ लाख ४८ हजार २३८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५२ लाख ३५ हजार ३४४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ९०५ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया