२,३२६ जना डिस्चार्ज हुँदा थप २,९४२ जनामा संक्रमण पुष्टि, उपत्यकामा कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९४२ संक्रमित थपिएका छन् । १४ हजार ८७५ जनाको परीक्षण गरिएकोमा २९४२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ६९८ रहेका छन् । काठमाडौंमा १, ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २३२६ जना डिस्चार्ज भएका छन् । क्वारेन्टिनमा ४ हजार ८३१ जना रहेका छन् । ३९ हजार ३४१ जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ । भेन्टिलेटरमा ६६ जना छन् ।

याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या एक लाख ३२ हजार २४६ पुगेकाे छ । संक्रमितमध्ये ९२ हजार १६६ जना डिस्चार्ज भइसकेका छन् । पछिल्लाे २४ घण्टामा मात्रै थप १२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ७३९ पुगेकाे छ ।

प्रतिक्रिया