धवनको शतकमा चेन्नईमाथि दिल्लीको उत्कृष्ट जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले परजित गरेको छ ।

चेन्नईले दिएको १८० रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पू रा गरेको थियो । दिल्लीका लागि शिखर धवनले शतक प्रहार गरे । धवनले ५८ बलमा १४ चौका र एक छक्का प्रहार गर्दै अविजित १०१ रन बनाएका थिए ।

त्यस्तै अक्सर पटेलले अन्त्यमा ५ बल खेल्दै अविजित २१ रन बनाएका थिए । त्यसैगरी दिल्लीका लागि मार्कोस स्टोइनिसले २४ रन बनाए भने कप्तान श्रेयस अय्यरले २३ रन बनाएर आउट भएका थिए ।

पहिलो बलमा नै पृथ्वी शालाई गुमाएको दिल्लीका लागि आजिख्य रहानेले ८ रन बनाए भने एलेक्स केरीले ४ रन बनाएका थिए । चेन्नईका बलर दिपक चहरले २ विकेट लिए भने श्रदुल ठाकुर, साम कुरान र डवाने ब्राभोले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७९ रन बनाएको थियो । चेन्नईका लागि फाफ डुप्लेसिसले सर्बाधिक ५८ रन बनाए । त्यस्तौ अम्बाती रायडूले अविजित २५ बलमा ४५ रन बनाए भने शेन वाटशनले ३६ रन बनाएका थिए ।

त्यसैगरी रविन्द्र जडेजाले अविजित १३ बलमा ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनी ३ रन र साम कुरान शुन्यमा आउट भएका थिए । दिल्लीका बलर एनरीच नोर्त्जेले २ विकर लिए भने तुषार देशपाण्डे र कागीसो रबाडाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै दिल्ली ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया