यसपालिको दशैँमा पूर्वराजले सर्वसाधारणलाई टीका नलगाउने
२०७७ कार्तिक १ गते

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले यसपालिको दशैँमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। कोरोना महामारीका कारण उनले यसपालिको दशैँमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको पूर्वराजाका सहयोगी फणिराज पाठकले जानकारी।
यस्तै उनले महाअष्टमीमा शक्तिपीठहरूमा पनि नजाने बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ‘कोरोनाको असहजताको परिस्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई ख्याल गर्दै यसपालिको विजयादशमी शान्त, शालीनता र सादगीका रूपमा मनाउने निधो भएको छ ।’
यसअघि पूर्व राजा शाहले प्रत्येक वर्षको विजयादशमीको दिन निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाइदिन्थे।
२०७७ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








