कर्मकाण्डी सुनुवाई भ्रष्ट अनुमोदनको थलो बन्दै

प्रधानन्यायधीशदेखि विभिन्न संवैधानिक निकायका पदाधिकारीहरु एवं विदेशस्थित नेपाली राजदूतावासमा नियुक्ति भएर जाने राजदूतहरुलाई संसदीय सुनुवाई गर्ने परम्परा नेपालको सन्दर्भमा नयाँ अभ्यास नै हो ।

हामीले संसदीय सुनुवाईलाई एउटा सामान्य कर्मकाण्डी प्रकृयाकारुपमा मात्र लिने हो वा यसले गर्ने सुनुवाई साच्चिकै योग्य एवं अयोग्य नागरिक हो भनी छुट्याउने कडीको रुपमा मानक स्थापित गर्न आगामी दिनमा यसले गर्ने निश्पक्ष एवं स्वतन्त्र सुनुवाई, परेका उजुरीहरुका बारेमा गम्भीर छानविन पश्चात मात्र अनुमोदन गर्ने प्रकृया आदि जस्ता कुरामा लिने अडान एवं कार्यदिशाले निर्धारण गर्ने गर्दछ । संसदीय सुनुवाईको महत्वलाई अझ घनीभूत बनाउन उसले खेल्ने भूमिकामा भर पर्ने देखिन्छ।

संसदीय सुनुवाईको बारेमा आम जनताले हालसम्म बुझेको बुझाई भनेको यो केवल एउटा औपचारिकता मात्र हो भन्ने कुरा यस अघिका प्रधानन्यायधीशलगायतका सुनुवाईमा भएका कार्यहरु देखि भर्खरै भएको राजदूतको सिफारिस अनुमोदनले समेत देखाउँछ।

युरोपियन युनियन तथा वेल्जियमका लागि सिफारिस भएका राजदूत गेहेन्द्रराज राजभण्डारीका बारेमा ३/४ वटा किटानी उजुरी परेका कुराहरु पत्रपत्रिकामा छताछुल्ल भएका थिए । ती उजुरीहरु हेर्दा रत्नपार्कमा हिँड्ने मान्छेले उजुरी गरेको नभई त्यस भित्र तमाम भ्रष्टाचारका हर्कतहरु भएका संकेतहरु थिए । पत्रपत्रिकाले छापेका उजुरीका व्यहोरालाई हेर्दा निजले गरेका अनियमितताका गम्भीर क्रियाकलापहरु त्यहाँ उल्लेख थिए । तर, पत्रपत्रिकामा आएका छ्याप्छ्याप्ति उजुरीका समाचारहरुलाई वेवस्ता गर्दै संसदीय समितिले राजदूतमा सर्वसम्मती सिफारिस अनुमोदन गर्ने निर्णय गरेको खबर आयो ।

के यस्ता उजुरीहरुको बारेमा अख्तियार जस्ता सम्बन्धित निकायले छानविन गरे पश्चात मात्र संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने होईन र नत्र उजुरी गर्नुको के अर्थ रहन्छ ? उल्टो समावेशिता भएन भनेर सरकारको ध्यान केन्द्रित गराउने निर्णय भएको समाचार सुनियो । सबैभन्दा समावेशिताको अब्बल उदाहरण त उही गेहेन्द्रराज भण्डारी नै हैनन र माननीय ज्यू ? किनकी उनी समावेशिताको अवसरबाट शाखा अधिकृतबाट उपसचिव र उपसचिव हुँदै सहसचिवको भर्याङ १० वर्षमा उक्लेका थिए । अहिले पनि उनीभन्दा सिनियर निर्मल काफ्ले जो आफूसँगका साथीहरु राजदूत भएर फर्किने वेलामा पनि मन्त्रालयमा हल्ली रहेका छन् । उनलाई समेत पछार्दै उनी राजदूत पडकाउन सफल भए ।

परराष्ट्रका जानकारहरुका अनुसार गेहेन्द्रराज भण्डारीका यी उजुरी कुनै नौलो होईन । जब उनी शाखा अधिकृत भएर पासपोर्ट शाखामा आए अनेकौं कुकृत्य र विवादमा परेका थिए । यसबारेमा परराष्ट्रका सबै जानकार छन् । उनी मस्को गए त्यही पासपोर्टमा हुँदा तिब्बतीयनलाई पासपोर्ट दिएको विषयमा अख्तियारले सोधपुछको लागि बोलायो उनी मस्कोबाट दौडेर आएर अख्तियारबाट त्यो केस सल्टाएर गए । मस्कोमा हुँदा पनि उनी मस्कोदेखि जुन शहरमा परिवार सहित घुम्न जान्थे ती सबैमा सरकारी काजमा हिडेँ ।

परिवार नेपाल पठाएर परिवारको पारिवारिक भत्ता खाए र सबैको गैरकानूनीरुपमा औषधी उपचार गराए भन्ने कुरा त उजुरीमा नै आयो । उनी जापान गए जापानको कुरा पनि केही केही समाचारहरुमा आए । कन्सुलर विभागको नेतृत्वमा रहँदा आफ्नै कर्मचारीलाई जापानमा चिनेको साथीसँग विवाह गराईदिने लमी बनेर चर्चा बटुले ।

जब राजदूतको लागि उनले विभिन्न निकाय धाए, परराष्ट्रमन्त्री र सचिवको ठूलो चाकडी गरे । किनकी उनलाई सबै नेताको चाकडी गर्न यसकारण सजिलो थियो की उनी प्रोटोकल शाखामा थिए । प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाईको लागि ११:३० बजे नै बोलाईएको थियो । राजभण्डारीको ढिला गरेर मात्र समितिको बैठकमा उपस्थित भए । परराष्ट्रका कर्मचारीहरु उनी कहिलै समयमा मिटिङमा नआउने, मिटिङमा बस्ता फोन खेलाई रहने र आफुले बोलेर यसो फोन उठाए जसरी निस्कने उनको गज्जबको बानी रहेको बताउँछन् । संसदीय सुनुवाई समितिको कार्यकक्षमा उनी १२ बजेतिर आफ्नो ब्याग बोक्नको लागि पिए र शान देखाउँन पछि लगाएर उनकै शाखाकी उपसचिवलाई साथै लिएर पुरै भारदारीय रवाफका साथ कालो चस्मा लगाएर दलवलका साथ झुल्किए ।

संसदीय सुनुवाईमा जाने वेलामा मन्त्रालयमा उनले स्टेटमेण्ट अंग्रेजीमा लेखेर लाने हो भनेर बताएका थिए । सांसदहरुले अंग्रेजी बुझ्दैनन १० मिनेटमा खेल खतम पार्छु भन्दै ढिलै गरेर निस्किएका उनी जब सांसदहरुले यो तपाईंको अंग्रेजीको स्टेटमेण्ट तपाई नै राख्नुहोस, यो नेपालको संसदीय सुनुवाई हो तपाईंलाई यति पनि थाहा छैन भनेर कड्कीय पछि उनी त्यत्तिवेला बल्ल झस्किए ।

यो उमेरमै वेल्जिएमको राजदूत भएको अझै ३ वटा त कम्तिमा राजदूत खाने ठूलो अंहकारका साथ सांसदहरुलाई फस्ल्याङ फूस्लुङ पार्ने उनको उद्देश्यमा झनै तुषारापात भयो जब सांसदले उनको बारेमा ४ वटा उजुरी परेको कुरा बताए । उनले शुरुमा पत्याएन छन् । अझै उनलाई लागेको थियो रे मेरा विरुद्ध उजुरी हाल्ने कोही माईकलाल छ र ? उनले साथीहरुलाई वेलुका सो कुरा बताएका थिए । तर जे जसरी भए पनि यो एउटा कर्मकाण्ड थियो सो उनी सहित सबैले पूरा गरे ।

तर, यसले राम्रो सन्देश दिएन । भ्रष्टाचारको उजुरी परेको कुरा यूरोपियन युनियनका मान्छेले पनि थाहा पाए, युरोपमा बस्ने कुनै नेपालीले त ट्वीट नै गरे यस्ता राजदूतले के देशको हितमा काम गर्लान, यता पठाउने हैन जेल हाल भनेर । यसको छिनोफानो गरेर मात्र उनलाई राजदूतको रुपमा सिफारिस अनुमोदन गर्दा विग्रने केही थिएन ।

पराराष्ट्र बृत्तमा अहिले पनि चर्चा छ मन्त्री सचिव जस्ता भए र सचिव मन्त्री जस्ता भए । हुनपनि परराष्ट्र मन्त्रीले चिर्न नसकेको विषय त्यहाँको आजै बढूवा हुने र भोली राम्रा देशमा पदस्थापना हुने पर्सी सहसचिव हुने र निकाेर्सी राजदूत हुने कोर्निक रोगलाई कति पनि चिर्न सकेनन् ।

निजामती सेवा ऐनले कर्मचारीको उमेरको हद ५८ वर्ष तोकेको छ । तर, परराष्ट्र सेवाबाट राजदूत हुने सहसचिवलाई यो व्यवस्था लाग्दैन । किनभन्दा उनीहरुको एकै श्वर हुन्छ जीवनमा एक पटक राजदूत पाउने । तर, ४० वर्षमा नै राजदूत पड्काउनेहरुले जीवनमा कति पटक राजदूत खालान् । यसको जवाफ कोहीसँग छैन ।

अर्कोतिर राजदूत भनेको अनुभवी मान्छे चाहिन्छ । पराराष्ट्र सेवामा प्रवेश गरेपछि कम्तिमा २० वर्ष सेवा अवधि नभएको मान्छे राजदूतको लागि योग्य हुँदैन तर, विभिन्न स्वार्थ समूहले गर्दा सस्तो लोकप्रियताकालागि मन्त्रीले यसलाई चिर्न सक्दैनन वा चाहँदैनन् । पराराष्ट्र भित्रकाले आफूलाई प्रतिकूल हुनेगरी सुधार गर्न चाहँदैनन् बाहिरकालाई सुधार गर्न उनीहरुले नै दिँदैनन् । अनि यस्ता उजुरी लाम फेरि पनि आईरहन्छन् ।

प्रतिक्रिया