काठमाडौं र भक्तपुरका यी क्षेत्रमा आज बिजुली काटिने

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि, काठमाडौंको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा बिजुली काटिने भएको हो ।

प्राधिकरणका सूचना अधिकारी लिला अर्यालका अनुसार ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली नआउने भएको हो । यस्तै बालाजु क्षेत्रमा वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने भएको छ ।

यस्तै ट्रान्सफर्मर जोड्न तथा रुख काट्न कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ । बिजुली मर्मतको काम निर्धारित समय अगावै सकिएलगत्तै बिजुली आउने पनि प्राधिकरणका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया