खैरहनी १२ का वडा सदस्य पाण्डेको निधन

चितवन । जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर -१२ का वडा सदस्य बद्री बहादुर पाण्डेको निधन भएको छ । क्यान्सरबाट पीडित पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान १ः३० बजे मृत्यु भएको वडा अध्यक्ष टिकाराम तिमल्सिनाले बताए ।

४१ वर्षीय उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । पान्डेमा दुई दिनअघि कोरोना संक्रमण समेत पुष्टि भएको थियो । पाण्डे स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । पाण्डेका श्रीमती, एक छोरा, एक छोरी छन् ।

प्रतिक्रिया