३,५२२ संक्रमित डिस्चार्ज हुँदा ४,३९२ जनामा संक्रमण पुष्टि, उपत्यकामा कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,५२२ संक्रमित डिस्चार्ज हुँदा ४, ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ छ । क्वारेन्टिनमा ४ हजार ८०८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडाैंका एक हजार ४८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जना रहेका छन् ।

यसैगरी आज थप २१ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया