कृषिमन्त्री भन्छन्–‘ब्रम्हाजी नै आएपनि अहिले ५ लाख मेट्रिक टन मल ल्याउन सक्दैनन्’

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान्ले पनि गर्न नसक्ने बताएका छन् ।

शुक्रबार (आज) ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले अहिले भगवान् शिव र ब्रम्हाजी नै आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन नसक्ने बताएका हुन् ।

कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने समेत मन्त्री भुसालको भनाइ छ । ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए पनि ब्रम्हाजी आए पनि सक्दैनन् ।’ उनले भनेका छन् ।

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताएका छन् ।
मन्त्री भुसालको बेलामा मल आपूर्ति गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया