यामलाल कँडेल समूह र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता यामलाल कँडेलसँग भेटवार्ता गरेका छन् ।

केही दिनअघि कँडेलकै नेतृत्वमा कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् कर्णाली नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध १८ सांसदले अविश्वासकाे प्रस्ताव दर्ता गराएका थिए ।

त्यहाँकाे विवाद तात्दै गएपछि यता प्रचण्ड सक्रिय भएर विवाद साम्य पार्नतिर लागि परेका थिए । पार्टीका नेता माधवकुमार नेपाल पक्षले साथ दिएपछि प्रचण्ड मुख्यमन्त्री शाहीकाे पद जाेगाउन सफल भएका थिए ।

विवाद साम्य भएपछि प्रचण्डले छलफलका लागि शाही र कँडेल दुवै पक्षलाई काठमाडाैं बाेलाएका थिए । आज बिहानदेखि भेटवार्ता भएकाे हाे । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह आज खुमलटार पुगेकाे बताइएकाे छ ।

मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया