टेलिकमका एक कर्मचारीविरुद्ध ८६ लाख बढीको भ्रष्टाचार मुद्दा 

काठमाडौं । नेपाल टेलिकमका एक कर्मचारीविरुद्ध ८६ लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

टेलिकमको केन्द्रीय स्टोर अन्तर्गतको थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक राचन्द्र लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

लामिछानेले  ८६ लाख ८८ हजार १३२ रुपैयाँ सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप रहेको छ ।

इन्जिनियरसहित ३ जनामाथि ७ लाख बढीसरकारी रकम हिनामिनाको आरोप
यस्तै ७ लाख बढीको सरकारी रकम हिनामिना गरेको आरोपमा इन्जिनियरसहित ३ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  काभ्रेको रोशी गाउँपालिकाका इन्जिनियर  निर्मल लामा स्याङ्तानसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरुले ७ लाख ८४ हजार ४४६ रुपैयाँ सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

वडा अध्यक्षविरुद्ध २४ हजार घुस लिएको आरोपमा मुद्दा
आयोगले आजै जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षविरुद्ध २४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

उपमहानगरपालिकाको वडा नं. १३ का वडाअध्यक्ष शुभ नारायाण मण्डल र कार्यालय सहयोगी दिलीपकुमार पञ्जियारविरुद्ध जनही २४ हजार घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

 

 

प्रतिक्रिया