राजधानी पेरिससहित फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यूको घोषणा

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) संक्रमित बढ्दै गएपछि फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यूको घोषणा गरिएकाे छ । फ्रान्समा बुधबारमात्र २२ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका छन् । कोरोनाको दोश्रो लहरकाे अनुमानसँगै पेरिससहित फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यूको घोषणा गरिएकाे हाे ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै कर्फ्यूको घोषणा गरेका हुन् । पेरिससहित ९ शहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म नागरिकहरू घरमै बस्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति म्याक्रोनका अनुसार शनिबारदेखि लागू हुने कर्फ्यू कम्तीमा चार सातासम्म हुनेछ ।

कर्फ्यूपछि मानिसहरू राति अबेर रेष्टुरेन्ट तथा अन्य मानिसका निजी निवासमा जान पाउने छैनन् । यो समयमा घरबाहिर निस्कन मानिसहरूसँग अत्यावश्यक कारण हुनुपर्नेछ । फ्रान्सले देशमा स्वास्थ्य आपतकाल समेत लागु गरेको छ ।

प्रतिक्रिया