ईश्वर पाेखरेेलकाे मन्त्रालय खोसियो, नवनियुक्त तीन मन्त्रीको सपथ भोलि

काठमाडौं । रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेलको मन्त्रालय खोसिएको छ । रक्षा मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्रीले सम्हालेका छन् । बुधबार गरिएको हेरफेरपछि पाेखरेललाई उपप्रधानमन्त्री मात्रै राखिएको छ ।

यस्तै अर्थमन्त्रीमा नेकपा महासचिव विष्णु पौडेल, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार बिहान ११ बजे शितल निवासमा पद तथा गोपनीयताको सपथ लिनेछन् ।

प्रतिक्रिया