नोबेल अस्पतालमा एक कोरोना संक्रमितको निधन
२०७७ असोज २८ गते

प्रतिकात्मक तस्वीर।
विराटनगर । मोरङको नोबेल शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको निधन भएको छ ।
सुन्दरहरैंचा ५ की एक महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले मकालु खबरलाई जानकारी दिए ।
४९ वर्षीया उनी गत २५ असोजमा अस्पतालमा भर्ना भएकी थिइन् । उनको मंगलबार (हिजो) बेलुका ७ बजे निधन भएको हो ।
प्रबन्धक दाहालका अनुसार उनी किड्नी पीडित थिइन् ।
२०७७ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित









