नेकपा सांसद सानु शिवाको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । संघीय संसद सानु शिवा पहाडीकाे निधन भएकाे छ । बुधबार बिहान काठमाडाैंकाे केएमसी अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे ।

शिवा सत्तारूढ नेकपाबाट समानुपातिकतर्फकी संघीय सांसद हुन् ।

शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो । हाल उनमा मुटुको समस्या आएपछि  उनी केएमसी अस्पताल भर्ना भएकी थिइन् । उनकाे निधनमा विभिन्न राजनीतिक व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकाेमा दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया