नवलपरासीमा थप एक संक्रमितको मृत्यु

वुटवल । वुटवल अस्पतालमा आज विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन् ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएकोमा आज बिहान २ बजे मृत्यु भएको सूचना अधिकारी डा. गौतमले जानकारी दिए । उनी मुटु रोगीसमेत रहेका थिए ।

प्रतिक्रिया