पहिलो पटक बक्स अफिसको वृहत साईकलिङ्ग
२०७७ असोज २७ गते

काठमाडौं । बक्स अफिस इन्टरनेशनल ग्रुपले विभिन्न फिल्म एवार्ड, म्यूजिक अवार्डसँगै नेपाली चलचित्र इतिहासमा पहिलो पटक सामाजिक दुरी कायम गर्दै वृहत साईकल -याली आयोजना सम्पन्न गरेको छ ।
काठमाडौँ क्षेत्र नं. ४ का सांसद दिपक निरौलाको प्रमुख अतिथ्यतामा चलचित्र विकास बोर्डका अध्यक्ष दयराम, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सामुहिक रुपमा राष्ट्रिय झण्डा आयोजकलाई प्रदान गरी राजधानीको प्रसिद्ध धार्मिक स्थल भद्रकाली मन्दिरबाट ७ बजे शुभआरम्भ गरेको थियो ।
बाह्रौँ नेशनल बक्स अफिस फिल्म एवार्ड भव्य रुपमा सफल पारौँ, साईकल चढौं, प्रदुषण हटाऔँ, कोरोनाले थला परेको नेपाली चलचित्र, गीतसंगीत र आन्तरिक पर्यटनलाई बचाऔँ भन्ने मूल नारासहित असोज २४ गते काठमाडौँको भद्रकाली देखि कागेश्वरी पार्कसम्म करिब ४०० साईकल यात्रीहरुको सहभागिता रहेको थियो ।
२०७७ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित









