चितवनका ७८ वर्षीय कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर १० निवासी ७८ वर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेजमा सोमबारराति मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या भएपछि ती पुरुषलाई असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । तर उनमा असोज २२ गते नै कोरोना पुष्टि भएको थियो ।

प्रोस्टेट क्यान्सरबाट समेत पीडित उनको कोभिड आइसियु कक्षमा राखेर उपचारका क्रममा मृत्यु भएको चितवन मेडिकल कलेजमा निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए । योसंगै कोरोनाका कारण चितवनमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

प्रतिक्रिया