सडेको अवस्थामा गैंडा भेटियो: असोजमा मात्रै ६ वटा गैंडा मरे

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा सडेको अवस्थामा मृत गैंडा भेटिएको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकामा मृत गैंडा सडेको अवस्थामा भेटिएको हो ।

सोमबार उक्त गैंडा गाउँपालिकाको भेलौजीमा सडेको अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । करिब ३०-३५ वर्षको भाले गैँडा करिब एक महिना अगाडि नै मरेको अनुमान गरिएको सूचना अधिकारीसमेत रहेका अशोक रामको भनाइ छ ।

उनका अनुसार सडेको अवस्थामा भेटिएको गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको अनुमान गरिएको छ । गैंडा सडेको भए पनि खाग र खुर भने सुरक्षित रहेको उनले बताए ।

साउन यतामात्र नौ वटा गैंडा मरिसकेका छन् । असोज महिनामा मात्र ६ गैंडा मृत भेटिएको उनको भनाइ छ । गैँडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन सुरु भएको उनको भनाइ छ । –रासस

प्रतिक्रिया