चितवनमा कोरोना निको हुने बढे, १६३२ कोरोना मुक्त, ३५ जनाको मृत्यु

  • ध्रुवराज खनाल

चितवन। चितवनमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेहरुको संख्या बढ्दै गएको छ । जिल्लामा हाल सम्म २ हजार ७६४ जनालाई कोरोना संक्रमण हुँदा यसबाट मुक्त हुनेको संख्या १ हजार ६३२ अर्थात कुल संक्रमित संख्याको ५९ प्रतिशत हुन आउँछ ।

भरतपुर अस्पतालले पछिल्लो पटक सार्बजनिक गरेको बिवरण अनुसार जिल्लामा १ हजार ९७ जनामा कोरोना सकृय अवस्थामा छ । यो कुल संक्रमितको ४० प्रतिशत हुन आउँछ ।

कोरोनाकै कारण मृत्यु हुने १ प्रतिशत मात्र अर्थात ३५ जना रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । कोरोना संक्रमण देखिए पछि हालसम्म चितवनमा ३३ हजार ९२० जनाको स्वाब परिक्षण गरिएको छ ।

भरतपुर अस्पतालबाट स्वाब लिएका मध्ये ४०३ जनामा कोरोना संक्रम्ण देखिएकोमा हाल ५५ जनामा मात्र सकृय रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । सो अस्पतालबाट ३२६ जना कोरोना मुक्त भएका छन । भरतपुर अस्पतालमा मात्र कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २२ जना रहेको छ ।

स्थानीय तह अनुसार सबै भन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित भएका छन् । भरतपुरमा १ हजार ८२३ जना, रत्ननगर नगरपालिकामा ३ सय ८८ जना, खैरहनी नगरपालिकामा २०७ जना, राप्ती नगरपालिकामा १७६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै कालिका नगरपालिकामा ८६ जना, माडी नगरपालिकामा ६७ र इच्छाकामना गाउँपालिकामा १७ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया