काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल बनाइने

काठमाडौं । पछिल्लाे केही हप्तायता काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेकाे हाे । स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने जानकारी दिइएकाे छ ।

सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयु थपिने पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए ।

पछिल्लाे २४ घण्टामा मात्रै नेपालमा ४ हजार ४७ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया