तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिकाे मृत्यु भयाे ? (हेर्नुहोस् जिल्लागत विवरण)
२०७७ असोज २६ गते

काठमाडौं । आज (सोमबार) देशभरका ६९ जिल्लामा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार प्रदेश १ का १३ जिल्ला, प्रदेश २ का ८, बागमती प्रदेशका १३, गण्डकीका १०, प्रदेश ५ का ११, कर्णालीका ५ र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा आज संक्रमित थपिएका छन् । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा उच्च संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी एक हजार ८८८ संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ ।
हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :

२०७७ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित









