कर्णालीका मुख्यमन्त्री शाहीले सचेतक शाहलाई जिम्मेवारीबाट हटाए

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।

काम कारबाहीमा चुकेको भन्दै मुख्यमन्त्री शाहीले शाहलाई हटाएका हुन् । यसैगरी मुख्यमन्त्री शाहीले आजै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई हस्तान्तरण गरेका छन् ।

गत आइतबार मात्रै नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यसपछि  प्रदेश सरकारले मंगलबार (भोलि)का लागि संसदीय दलको बैठक बोलाएको छ ।

 

प्रतिक्रिया