मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णालीमा बोलाइयो संसदीय दलको बैठक

काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेश सरकारले संसदीय दलको बैठक बेलाएको छ ।

प्रमुख सचेतक गुलाबजङ्ग शाहले बैठक मंगलबार (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए । शाहका अनुसार बहुमत सदस्यहरुले प्रस्ताव ल्याएकाले बैठक बोलाइएको हो ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशमा नेकपाको ३३ सांसद छन् ।

प्रतिक्रिया