फ्रान्स र पोर्चुगलले अंक बाँडे, बेल्जियममाथि इंग्ल्यान्डको जित

काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल रहेको खेलमा विश्वकप विजेता र युरो कप विजेताले बराबरीको नतिजा आत्मसाथ गरे । वर्षीय एम्बाप्पले व्यक्तिगत कला सहित केही राम्रा प्रयास सिर्जना गरेपनि उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले निराश बनाए । समूह चरणमा दुवै टिमले समान ७ अंक बटुलेका छन् ।यस्तै अर्काे खेलमा इङल्याण्डले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । इङल्याण्डको जितमा मासन माउन्ट र मार्कस राशफोर्डएल एक एक गोल गरेका थिए । त्यस्तै बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए ।

योजितपछि इङल्याण्डले समुह २ मा ३ खेलमा ७ अंक जोडेर शिर्ष स्थानमा पुगेको छ भने बेल्जियमको ३ खेलमा ६ अंक रहेको छ । अब इङल्याण्डले नेसन्स लिग अन्तर्गत अर्को खेल आगामी बुधबार डेनमार्कसँग खेल्ने छ भने बेल्जियमले बुधबार नै आइसल्याण्डविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया