अब लाइन नबसीकन वीपी प्रतिष्ठानमा ओपिडीको वील यसरी काटौं

धरान । प्रदेश १ कै सुविधा सम्पन्न अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप बढ्नु नौलो हैन  ।प्रदेश १, २ र छिमेकी मुलुक भारतका सिमावर्ती क्षेत्रबाट समेत स्वास्थ्योपचारका लागि प्रतिष्ठानमा बिरामीहरु आउने गर्दछन् । तर, प्रतिष्ठानले यसरी आउने बिरामीका लागि खासै सुविधा दिन सकेको थिएन ।

प्रतिष्ठानमा आउने विरामीहरुले नाम दर्ता गराउँदा देखि नै झण्झट व्यहोर्नु पर्दथ्यो । तर अब भने बिरामीले नाम दर्ता गर्नकै लागि लामो लाइन लाग्नु पर्ने झण्झटबाट भने मुक्ति पाएका छन् ।

प्रतिष्ठानले भोली अर्थात सोमबारबाट अनलाईनबाटै ओपिडीको टिकट काट्ने सेवा सुरु गरेपछि बिरामीलाई ठूलो राहत भएको छ ।प्रतिष्ठानले ओपिडी सेवाको लागि अनलाइनबाट नै रजिष्ट्रेसन र बिल काट्ने व्यवस्था गरेको हो ।

प्रतिष्ठानले BPKIHS app तयार गरेर तत्कालका लागि ओपिडी सेवालाई अनलाइन सिष्टममा सुरु गरेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले जनाएका छन् । प्रतिष्ठानले आज साँझ सुचना जारी गर्दै सोमबारदेखि अनलाइन रजिष्ट्रेसन तथा टिकटिङ सेवा सुरुवात गर्ने जनाएको छ ।

डा. शाहका अनुसार प्रतिष्ठानको ओपिडी सेवा लिनको लागि सेवाग्राहीले एन्ड्रोइड फोनमा गुगल प्ले स्टोरबाट BPKIHS app डाउनलोड गरेर ओपिडीको अनलाइन टिकट काट्न सक्नेछन् । प्रतिष्ठानका अनुसार BPKIHS app डाउनलोड गरेपछि एपमा गएर सेवाग्राहीले आफ्नोे व्यक्तिगत विवरण भर्ने र आफुलाई चाहिएको विभागमा टिकट दर्ता गर्न सक्नेछन् ।

त्यसपछि खल्ती, इ–सेवा वा आइएई पेबाट तोकिएको रकम तिर्न सकिनेछ । बिहान ८ बजेभन्दा अगाडि अनलाइन टिकट काटेमा सोही दिन र ८ बजेपछि अनलाइन दर्ता गरेमा अर्को दिनका लागि नाम दर्ता हुने व्यवस्था गरिएको छ ।

अनलाइन टिकट काटेपछि विरामीले अस्पतालमा सिधै सम्बन्धीत विभागको ओपिडी भित्रकै दर्ता काउन्टरमा गएर ओपिडी कार्ड लिएर चिकित्सकसँग परामर्श लिन सक्नेछन् । प्रतिष्ठानले अनलाइन रजिष्ट्रेशन सञ्चालनमा ल्याएसँगै प्रतिष्ठानको ओपिडी काउन्टरमा हुने भिडभाड कम हुने अपेक्षा गरिएको छ ।

तत्कालका लागि यो सेवा ओपिडीका लागि मात्र उपलब्ध भएपनि आगामी दिनमा प्राइभेट ओपिडीको लागि पनि सेवा विस्तार गर्दै जाने योजना बनाइएको छ । अनलाइन टिकटिङ हालका लागि एन्ड्र्राेइड माेवाइलका लागि मात्र छ ।

कसरी अनलाइन वील काट्ने

[wp-embedder-pack width=”100%” height=”1100px” download=”all” download-text=”” attachment_id=”99977033194″ /]

प्रतिक्रिया