मदिरा तथा महँगा सवारी साधनको आयात खुला

काठमाडौ । सरकारले तयारी मदिराको आयात र महँगा सवारी साधनमा लगाएको प्रतिवन्ध हटाएको छ ।

मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मदिराको आयात र ५० हजार अमेरिकी डलरभन्दा महँगा सवारी साधनको आयात खुला गर्ने निर्णय गरेको जानकारी दिए ।

कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले बताएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिति कम हुने भन्दै सरकारले ५० हजार अमेरिकी डलरभन्दा महँगा गाडी, सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयातमा प्रतिबन्ध लगाएको थियो ।

बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया