ESCORTS मेसिन खरिदका लागि दशैं तिहार विशेष अफर

काठमाडौं । आइएमई अटोमोटिभ्स् प्रा. लि. ले ESCORTS मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ ।

सो अफर अन्तर्गत कुनै पनि ESCORTS मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको होम अप्लायन्स प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।

आइएमई अटोमोटिभ्स् ले यो अफर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाइनान्सको सुविधाको पनि व्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितिमा फाइनान्सको सुविधाले ग्राहक महानुभावहरू लाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया