१६ वर्षीया किशाेरी किशोरीलाई करणी गर्ने १८ वर्षीय किशाेर पक्राउ
२०७७ असोज २५ गते

प्रतिकात्मक तस्वीर।
कपिलवस्तु । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका-४ पिपरा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
किशोरले घरमा कोही नभएको अवस्थामा किशोरीलाई जबरजस्ती करणी गरेको जानकारी पश्चात् सिमा प्रहरी चौकी चाकरचौडाबाट र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








