वर्तमान सरकारले राष्ट्रघात गरेको निष्कर्षसहित सशक्त प्रदर्शनको घोषणा

 

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित २० राजनीतिक दलहरुले सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने घोषणा गरेका छन् । गत शनिबार बसेको २० राजनीतिक संगठनहरुको कार्यगत एकताको बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको निष्कर्ष निकाल्दै प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

यसैबीच आउँदो २९ असोजको दिउँसो १ बजे माइतीघर मण्डलामा सशक्त प्रदर्शन गर्ने घोषणा गरेका छन् । एमसीसी खारेज गर्न, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन र कोभिड १९ मा सरकारबाट भएका भ्रष्टाचारको विरोध गर्न स्वास्थ्य सावधानी अपनाउँदै प्रदर्शन गर्न लागिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले बताए ।

प्रदर्शनमा संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत सहभागी हुनेछन् ।

प्रतिक्रिया