होण्डा सिबिआर ६०० आर आर अब नेपाली बजारमा

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिबिआर ६०० आर आर लाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहिहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरहरुले सबैलाई पक्कै पनि आकर्षित गर्ने कम्पनीकाे विश्वास छ ।

४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ । ६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ ।

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४,५०,००० निर्धारण गरिएको छ ।

प्रतिक्रिया