कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध ‘अविश्वास प्रस्ताव’ दर्ता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

प्रतिक्रिया